धितोपत्र बोर्डको निर्देशन: शेयर कारोबारको राफसाफ २ दिन भित्र गर्नुहोस् - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

धितोपत्र बोर्डको निर्देशन: शेयर कारोबारको राफसाफ २ दिन भित्र गर्नुहोस्



काठमाडौं । शेयर कारोबारको राफसाफ २ दुईदिन भित्र गर्न धितोपत्र बोर्डले निर्देशन दिएको छ । नेपाल धितोपत्र बोर्डले शेयर कारोबार राफसाफ कारोबार समयको दुई दिनभित्र सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिएको हो । यसअघिको कारोबार समयको ३ दिनभित्र राफसाफ गर्ने निर्णय गरेको थियो तर उक्त निर्णयलाई संशोधन गर्दै २ दिनभित्र कारोबार राफसाफ गर्ने व्यवस्था (टी+२) लागू गरेको हो ।

सिडिएस एण्ड क्लियरिङ हाउसले आवश्यक व्यस्थापन गरी सार्वजनिक सूचनामार्फत गर्ने बोर्डले जनाएको हो ।


प्रतिक्रिया दिनुहोस्