नागरिक लगानी कोषको चुक्ता पूँजीको ८२.८४ प्रतिशत हकप्रद शेयर आजदेखि निष्काशन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नागरिक लगानी कोषको चुक्ता पूँजीको ८२.८४ प्रतिशत हकप्रद शेयर आजदेखि निष्काशन



काठमाडौं । नागरिक लगानी कोषको चुक्ता पूँजीको ८२.८४ प्रतिशत हकप्रद शेयर आजदेखि निष्काशन खुला गरेको छ । नागरिक लगानी कोषले आज (पुस २८ गते) देखि हकप्रद निष्काशन तथा बिक्री खुला गरेको हो । कोषले चुक्ता पूँजीको ८२.८४ प्रतिशत अर्थात १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद निष्काशन खुला गरेको हो ।

कोषले १० कित्ता शेयर बराबर ८.२८४ कित्ता अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको हो ।

कोषको हकप्रदमा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग, राष्ट्रिय वाणिज्य बैंकका केहि शाखा कार्यालयहरू, नागरिक लगानी कोषको कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट माघ १९ गते सम्म आवेदन दिन सकिनेछ ।

कोषले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि पुस १४ गते बुक क्लोज गरेकाल पुस १३ गतेसम्म कायम शेयरधनीले मात्रै हकप्रदमा आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्