पिपुल्स हाइड्रोपावर र सुपरदोर्दी इन्भेष्टमेन्ट मर्ज हुने
काठमाडौं । पछिल्लो समय विभिन्न कम्पनीहरु धमाधम मर्जरमा गईरहेका छन् । पिपुल्स हाइड्रोपावर कम्पनी र सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनी मर्ज हुने भएका छन् । सुपरदार्दी इन्भेष्टमेन्टको ६ औँ साधारण सभामा मर्ज हुने सम्वन्धि प्रस्ताव अघि बढाईने छ । कम्पनीको ६ आंैँ साधारण सभा माघ २५ गते आइतबार हुने छ । सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनी मर्ज हुने सम्वन्धि विषयमा छलफल गर्ने भएको छ ।
सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनी पिपुल्स हाईड्रोपावर लिमिटेडमा मर्जर हुने, प्राप्ति गर्ने सन्दर्भमा आवश्यक पर्ने विभिन्न समितिहरु गठन गर्ने, आवश्यक विषय विज्ञहरुको नियुक्ति गर्ने लगायत प्रस्ताव साधारण सभाबाट हुने छ ।
यस्तै नियमनकारी निकाय वा अन्य कुनै कार्यालयहरुबाट कुनै पनि विषयमा संशोधन, परिमार्जन, थपघट वा परिवर्तन गर्न कुनै दिर्नेशन प्राप्त भएमा सो कार्यहरु समेत गर्न कम्पनीको सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।
पिपुल्स पावर लिमिटेडले माघ १८ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले आफ्नै कार्यालयमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । सभा भर्चुअल माध्यमबाट गर्ने कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
सभाको प्रस्तावमा आईपीओ निष्कासन गर्ने तथा सो निष्कासनबाट प्राप्त हुने रकम उपयोगको प्रस्ताव अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, कम्पनीको लागि थप पूँजी वृद्धि गर्ने प्रस्ताव अनुमोदन गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने रहेको छ ।












