सिटिजन लाइफको फागुन २ गते साधारण सभा आह्वान, ७५ करोडको आईपीओ प्रस्ताव पारित गर्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सिटिजन लाइफको फागुन २ गते साधारण सभा आह्वान, ७५ करोडको आईपीओ प्रस्ताव पारित गर्ने



काठमाडौं । सिटिजन लाइफको साधारण सभा आह्वान गरेको छ । कम्पनीले फागुन २ गते तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो । सञ्चालक समितिको पुस २९ गतेको ५६ औँ बैठकले आव २०७५।०७६ को साधारण सभा फागुन २ गते आइतबार आम्रपाली ब्यांक्वेट, दिउँसो ३ बजे नक्सालमा आह्वान गरेको हो ।

बार्षिक साधारण सभामा सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने छ । सो प्रस्ताव यस अघिको साधारणसभाबाट नै पारित भइसकेको थियो तर निष्काशन गर्न भने सकेको थिएन । सोही प्रस्ताव आगामी साधारण सभाबाट पुनः अनुमोदन गराउन लागेको हो ।

सभाले सर्वसाधारण शेयर सार्वजनिक निष्काशन गर्ने विशेष प्रस्ताव सहित आव २०७५।०७६ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा आव २०७६।ण्७७ का लागि लेखापरीक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरी अनुमोदन गर्नेछ ।

आईपीओ बिक्री तथा निष्काशनकालागि एनआईबिएल एस क्यापिटल नियुक्त गसिकेको छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ छ । ७५ करोडको आईपीओ पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्