नेप्से ऐतिहासिक उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड, ९ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ऐहिासिक रेकर्ड कायम भएको छ । साताको दोस्रो दिन नेप्सेमा रेकर्ड कायम गरेको हो । हालसम्म कै उच्च बीन्दुमा पुगेर नेप्सेले रेकर्ड बनाएको हो । यस अघिका सबै रेकर्ड तोड्दै नेप्समा नयाँ किर्तीमानि कायम भएको छ ।
सोमबार नेप्से परिसूचक १६.०४ अंकले बृद्धि भएर नयाँ रेकर्ड बनाउँदै २४४०.८७ अंकमा बन्द भएको छ । यहिक्रममा बढ्ने हो भने नेप्सले २५ सय अंक पनि छिट्टै पार गर्ने देखिएको हो । त्यस्तै, सोमबार २०८ कम्पनीको १ करोड ९२ लाख ८५ हजार ५०४ कित्ता सेयर ७२ हजार ७७३ पट किनबेच हुँदा ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७३१ रुपैयाँको कारोबार भएको छ ।














