१ कार्तिक २०८३, आइतबार

कर राजस्व सम्बन्धी गुनासा संवोधन गर्न महासंघमा इकाई स्थापना हुन्छ : अध्यक्ष गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य सन्दिपकुमार अग्रवालको सभापतित्वमा गठन भएको कर तथा राजस्व समिति विस्तार भएको छ । समितिको सहपतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू सन्दिप अग्रवाल, गोविन्द ढुंगेल, पूर्व कारिणी समिति सदस्य कृष्ण प्रसाद दुलाल र लक्ष्मी ग्रुपका निर्देशक निरञ्जन श्रेष्ठ चुनिनु भएको छ ।

त्यसैगरी समितिका सदस्यहरूमा फ्रेट फरवार्डर एशोसिएशन अफ नेपालका प्रथम उपाध्यक्ष राजेन्द्र संग्रौला र नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दिपक प्रसाद दाहाल चुनिनु भएको छ ।

त्यसैगरी समितिको आमन्त्रित सदस्यहरूमा महासंघको उद्योग समितिका सभापति भरतराज आचार्य, निर्यात प्रवद्र्धन समितिका सभापति मनिषलाल प्रधान, व्यापार समितिका सभापति विजय सिंह वैद्य, अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिका सभापति आनन्दकुमार वगाडिया, बैक वित्तिय तथा विमा समितिका सभापति शाहिल अग्रवाल, स्थल यातायात तथा पारवहन समितिका सभापति प्रकाश सिंह कार्की, कार्यकारिणी समितिका सदस्य गोपाल केडिया, हरि भण्डारी, नेपाल समुद्रपार निकासी पैठारी संघका विनोद सेठिया, नरेन्द्र गुप्ता, नेपाल भारत उद्योग वाणिज्य संघका सदस्य अभिमन्यु पोद्दार, नेपाल लिभर लिमिटेडका कार्यकारि अधिकृत, विकास अग्रवाल, गान्धी एण्ड एशोसिएटसका म्यानेजिङ एशोसिएट्स शिखर पण्डित र इम्पेरियल सेक्यूरिटिज कम्पनीप्रा.लि.का प्रकाश तिवारी चुनिनु भएको छ ।

त्यसैगरी महासंघका अध्यक्ष शेखर गोल्छाले समितिमा विभिन्न जिम्मेवारीमा चयन हुनु भएका सदस्यहरूलाई औपचारिक पत्र हस्तान्तरण गर्नुहुंदै उद्यमी व्यवसायीहरुका समस्या तथा कठिनाई पहिचान गरी निराकरणमा समितिले नेतृत्वदायी भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

अध्यक्ष गोल्छाले समितिको जिम्मेवारी निकै गहन भएकाले समितिले हासिल गर्ने प्रगति वर्तमान कार्यकालको सफलतासंग समेत जोडिएकाले समितिले सोही अनुसार कार्य गर्नेमा आफू विश्वस्त रहेको बताए ।