निरन्तर गिरावट आएको सुनको मूल्य मंगलबार उकालो लाग्यो, कतिमा हुँदै छ कारोबार ?
काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर तोलामा ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, मंगलबार चाँदीको मूल्य ५ रुपैयाँले घटेर तोलामा १२ सय ५५ रुपैयाँमा कारोबार भएको छ ।
सोमबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार तेजाबी सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर तोलामा ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, सोमबार चाँदीको मूलय तोलामा स्थिर रहेर १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार छापावल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजाबी सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर तोलामा ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतबार चाँदीको मूल्य भने स्थिर रहेर तोलामा १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर तोलामा ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेर तोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १५ रुपैयाँमा घटेर तोलामा १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।













