नेपाल लाइफको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयरमा मूल्य समायोजन गरिएको छ ।
कम्पनीको ३१ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २ हजार १ सय ९२ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २ हजार ८ सय ७२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।














