विहीबार नेप्से घटेपनि हालसम्म कै उच्च १० अर्ब बराबर काराबोर - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

विहीबार नेप्से घटेपनि हालसम्म कै उच्च १० अर्ब बराबर काराबोर



कारोारकाठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक १६.५५ अंकले घटेर २४२५.२९ अंकमा बन्द भएको छ । बैंकहरुको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएकै दिन नेप्सेमा गिरावट आएको हो । बैंकको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएपछि बैंकिङ समूहका लगानीकर्ताले ४१.०८ अंकले गुमाएको छ ।

बिहीबार दिनभरि २०९ कम्पनीको २ करोड २१ लाख ५३ हजार ९८१ कित्ता ८२ हजार ३५२ पटक किनबेच हुँदा ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार १२८ रुपैयाँको कारोबार भएको छ । विहीबार जीवन बीमा समूहका लगानीकर्ताले सर्वाधिक ४२.४७ अंकले गुमाए भने निर्जीवन बीमा समूहका लगानीकर्ताले ४१०.३९ अंकले कमाए । विहीबार नेप्से परिसूचक घटेपनि कारोबार रकममा भने नयाँ रेकर्ड कायम गरेको हो । बिहीबार भएको कारोबार रकम हालसम्मकै बढि हो ।


प्रतिक्रिया दिनुहोस्