वरिष्ठ उपाध्यक्ष ढकाल बने धितोपत्र बोर्डको संचालक सदस्य
काठमाडौं । धितोपत्र बोर्डको संचालक समिति सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल नियुक्त भएका छन ।
नेपाल उद्योग वाणिज्य महासंघले नियुक्त गर्नेे सदस्यमा ढकाललाई नियुक्त गरिएको स्रोतले जनाएको छ ।
धितोपत्र बोर्डको संचालक समितिमा बोर्डको ७ सदस्यीय संचालक समितिमा कार्यकारी अध्यक्ष र विज्ञ संचालक गरी २ जना सरकारले नियुक्त गर्छ । सरकारले कार्यकारी अध्यक्ष भिष्मराज ढुंगाना र विज्ञ संचालकमा अशोककुमार पौडेललाई नियुक्त गरेको छ ।
यसअघि महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा सदस्य थिए ।













