ज्योति लाईफ ३६.१२ प्रतिशत नाफा कमाएर चम्कियो, बीमा कोष २ अर्ब ९१ करोड - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ज्योति लाईफ ३६.१२ प्रतिशत नाफा कमाएर चम्कियो, बीमा कोष २ अर्ब ९१ करोड



काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ७६ लाख ७१ रुपियाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिमा ६ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्तिक बर्षको तुलनमा यस बर्ष सोही अवधिमा ३६.१२ प्रतिशत धेरै नाफा आर्जन गरेको हो ।

गत आर्थिक बर्षभन्दा ४८.०६ प्रतिशत धेरै बढाएर यस बर्षको सोहि अवधिमा १ अर्ब ३९ करोड ६७ लाख ६२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष यस अवधिमा ७२ करोड ५४ लाख ७३ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको थियो । यस्तै कम्पनीको जीवन बीमा कोष ५८.५९ प्रतिशतले बढेर २ अर्ब ९१ करोड ७९ लाख ८६ हजार रुपियाँ पुगेको छ ।

गत वर्षको यसै अवधिमा कम्पनीको बीमा कोष १ अर्ब २० करोड ८१ लाख ७८ हजार रुपैयाँ, चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ र जगेडा कोषमा ४८ करोड २४ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ३४ पैसा रहेको छ । कम्पनीले ६६ करोड रुपियाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनको तयारी गरि रहेको छ । आइपीओ निष्काशन पनि कम्पनीको चुक्ता पुँजी दुइ अर्ब २० करोड रुपियाँ पुग्ने कम्पनीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्