७ श्रावण २०८३, बिहिबार

आइएमई जनरलको नाफा १२५ प्रतिशतले बढ्यो



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको नाफा १ सय २५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले १५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

आज सार्वजनिक भएको वित्तीय विवरण अनुसार दोस्रो त्रैमाशसम्म आइपुग्दा आइएमईको खुद बिमा शुल्क आम्दानी पनि बढेको छ । कम्पनीले गत वर्ष ३० करोड ६२ लाख ६६ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकामा अहिले बढेर ३६ करोड ३९ लाख रुपैयाँ पुगेको जनाएको छ ।

अघिल्लो वर्ष बिमा कोषमा २८ करोड ४३ लाख थियो । बिमा कोषको आकार ५३.१० प्रतिशतले बढेर ४३ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष कम्पनीको यसैअवधिमो ६ करोड ६५ लाख रुपैयाँ मात्र खुद नाफा गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक २७ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ९४ पैसा छ । कम्पनीको चुक्तापुँजी १ अर्ब ८ करोड १८ लाख रुपैयाँ छ


प्रतिक्रिया दिनुहोस्