VIKING 222 मोडलका बसहरु हस्तान्तरण - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

VIKING 222 मोडलका बसहरु हस्तान्तरण



काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. ली. द्धारा प्रवद्धित अशोक लेलैण्डले ‘काठमाडौंमा एक कार्यक्रम गरी VIKING 222मोडलका बसहरु आफ्ना ग्राहकहरुलाई हस्तान्तरण गरेको छ ।

कम्पनीका अनुसार हस्तान्तरण गरिएका सम्पूर्ण गाडिका मोडलहरु २०२१ का रहेका छन् । साथै यो अवसरमा VIKING 222 १०० वटा भन्दा पनि बढि बाटोमा गुडिरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आज डेलिभरी गरिएका २०२१ मोडलका बसहरु यस वर्ष पहिलो पटक नेपालमा गुड्ने छन् । गाडि लिने मध्ये एक ग्राहकको भनाई उदरित गर्दै, यो गाडि मैले पहिलो पल्ट लिएको हैन, म सँग १० ओटा VIKING बसहरु छन् जुन अहिले पनि पुर्व पश्चिम रुटहरुमा मज्जाले चल्दै आएका छन्, ग्राहकहरुको माग अनुसार आरामदायी यात्रा साथै राम्रो कमाई हुने भएकाले मैले VIKING 222 लाई नै र साथिहरुलाई अरु ब्राण्ड तिर नजान पनि सलाह दिन्छु उनले भने ।

ख्क्ष्प्क्ष्ल्न् द्दद्दद्द, रुट बसमा चल्ने बस मध्ये सबैभन्दा रुचाएको बस हो । यसमा इनलाईन फ्युल पम्प हुनुका साथै एच सिरिज इन्जिन रहेको छ जस्ले गर्दा इन्धन कम खपत हुन्छ, साथै सबैभन्दा कम मर्मत खर्च लाग्छ । VIKING 222 मा ओभर ड्राईभ गियर बक्सले काम गर्ने भएको हुदा १८० एच पी इन्जिनको साथमा द्रुत गतिको आरामदायी यात्रा गर्न सकिन्छ । रियर एयल सस्पेन्शन, डारिरेक्ट ड्राइभ, इनलाईन फ्युल पम्प साथै धेरै माइलेजले गर्दा यो गाडि अरु गाडि भन्दा फरक र बिश्वासिलो रहेको सेल्स हेड सुशिल सुबेदीले बताउनु भयो ।

नेपालमा हरेक लामो दुरी रुटमा VIKING गाडिहरु चल्दै आएका छन् । अत्याधिक माग अनुसार कम्पनीले ग्राहक वर्ग हरुलाई बिशेष सर्भिस पनि दिदै आएको छ । आफ्ना १३ ओटा सर्भिस नेटवर्क बाट सर्भिस लिन सकिने हुदा कुनै पनि ठाउँमा गाडि बिग्रिएमा सजिलै पार्टस र सर्भिस पाउन सकिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्