पर्यटनका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा प्रशिक्षक प्रशिक्षण तालिम सुरु - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

पर्यटनका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा प्रशिक्षक प्रशिक्षण तालिम सुरु



काठमाडौं । जीआईजेडको प्राविधिक सहयोग र गेट फाउन्डेशनको सहकार्यमा टुरिजम् रिकोभरी टास्कफोर्स (टीआरटीएफ नेपाल) ले आजबाट पर्यटन सेवा सञ्चालकहरूका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा सम्बन्धि पहिलो चरणको प्रशिक्षक प्रशिक्षण तालिम लुम्बिनी प्रदेशको बुटवलबाट सुरु गरेको छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ११ वटा छानिएका नगरपालिकामा स्वास्थ्य र स्वच्छता सुरक्षासम्बन्धी प्रोटोकोलको प्रशिक्षकहरू (स्थानीय चाम्पियन्स) विकास गर्ने लक्ष्य राखेर टुरिजम् रिकोभरी टास्कफोर्स नेपालका संयोजक दीपकराज जोशी र पाटा नेपाल च्याप्टरका सीइओ सुरेश सिंह बुडालले प्रशिक्षण प्रदान गरिरहेका छन । यो प्रशिक्षक प्रशिक्षण कार्यक्रम रुपन्देही, दांग, बाँके, सुर्खेत, र कैलाली गरी यहि फागुन १ गते का दिन धनगढीमा सम्पन्न हुनेछ ।

नमुनाका रुपमा सुरु गरिएको यस कार्यक्रम अन्तर्गत प्रत्येक नगरपालीकामा पाँच जना प्रशिक्षक तैयार गरी उनीहरु मार्फत प्रत्येक नगरपालीकामा पर्यटन संग सम्बन्ध राख्ने २५० जना स्थानीय साना तथा मझौला उद्यमीहरुलाई प्रशिक्षित गरिनेछ । फलस्वरुप यस अभियानको प्रारम्भिक योजना अनुुरुप पश्चिम नेपालमा कूल २,७५० सेवा प्रदायक तथा व्यवसायीहरुलाई स्वास्थ्य तथा स्वच्छताको प्रोटोकललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आगामी एक महिना भित्र प्रशिक्षित गरिनेछ ।

विगत देखिनै सरसफाई र स्वच्छता प्रमुख चुुनौती रहेको र कोरोना महामारी पछि स्वास्थ्य सुरक्षा मुख्य चासो रहेको सन्दर्भमा स्वच्छ र सफा नेपाल बनाई नेपालको सुुन्दर छवी स्थापित गर्ने उद्देश्यले सुरु गरिएको यो नमुुना अभियान निकै प्रभावकारी रहने विश्वास गरिएको छ ।

कार्यक्रममा सहभागी होटल टाइगर प्यालेसका महा प्रबन्धक लक्ष्मण थापाका अनुसार धेरै सरल तरिकाले पर्यटन र पर्यटकहरु लाई कसरी सजिलो र सुुरक्षित तरिकाले सेवा प्रदान गर्ने र हरेक पर्यटन व्यवसायीहरुले आफनो व्यवसायमा लागु गर्नुपर्ने तरिकाहरुको बारेमा आजको तालीमबाट सहभागीहरु धेरै सुक्ष्म तरीकाले बुझ्न र सिक्न पाएकोमा धेरै लाभान्वित भएको बताउँदै यस तालीमबाट सिकेका तौर तरिकाहरुलाई स्वच्छ नेपाल सफा नेपाल अभियानको रुपमा प्रवद्र्धन गर्ने अठोट गरेका छन ।


प्रतिक्रिया दिनुहोस्