७ श्रावण २०८३, बिहिबार

अरुण भ्याली हाइड्रोपावरलाई हकप्रद निष्काशन गर्न बोर्डको अनुमति



काठमाण्डौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई ५० प्रतिशत अर्थात एक बराबर ०.५० कित्ता हकप्रद जारी गर्न अनुमति पाएको छ । कम्पनीलाई हिजो बोर्डबाट ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर जारी गर्न अनुमति पाएको कम्पनिले जनाएको छ ।

हकप्रद निष्काशन अनुमति माग गर्दै कम्पनीले असोज २१ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

कम्पनीले शतप्रतिशत अर्थात एक बराबर एक अनुपातमा ९९ करोड ८३ लाख २३ हजार २०० रुपैयाँ बराबरको ९९ लाख ८३ हजार २३२ कित्ता हकप्रद शेयर जारी गर्न अनुमति माग गरेकोमा पहिलो चरणमा ५० प्रतिशत मात्र शेयर जारी गर्न अनुमति माग गरेको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्