थप १० कम्पनी बुक बिल्डिङ्गमार्फत सेयर जारी गर्न योग्य, ३ वाणिज्य बैंक पनि
काठमाडौं । बुक बिल्डिङ्ग बिधिबाट सार्वजनिक निष्काशन हुने धितोपत्रको लागि ३ वाणिज्य बैंकसहित थप १० कम्पनी संस्थागत लगानीकर्ताको रुपमा योग्य भएका छन् । यसअघि पनि कूल ६४ वटा कम्पनीलाई उक्त स्वीकृति प्रदान गरेकोमा १० कम्पनी थप भएसँगै कूल ७४ कम्पनीले बुक बिल्डिङ्गमा योग्य रहेका छन् ।
नेपाल धितोपत्र बोर्डले फागुन २५ गते लक्ष्मी बैंक, कुमारी बैंक र सनराइज बैंक, उषा इन्भेष्टमेन्ट, गुडविल फाइनान्स, युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर, विशाल ग्रुप, गणेश प्रोपर्टिज एण्ड एन्भेष्टमेन्ट प्रा. लि., प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा. लि. र सिड इन्फ्रा प्रा. लि.ले पनि बुक बिल्डिङ्ग मार्फत सेयर जारी गर्न पाउने भएका छन् ।














