७ श्रावण २०८३, बिहिबार

ग्रीन लाइफ हाइड्रोको आईपीओ सूचीकृत, प्रतिकित्ता ९९.६७ र २९९.०१ रुपैयाँ तोकियो



काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावरको १ करोड ८० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । सर्वसाधारणलाई निष्काशन गरेको सेयर चैत २ गते नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको सेयर भोलि (चैत ३ गते) मंगलबारदेखि दोश्रो बजारमा कारोबार हुने छ । कम्पनीको सिम्बोल जीएलएच दिइएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ९९.६७ रुपैयाँ र अधिकतम २९९.०१ रुपैयाँ तोकेको छ । कम्पनीले सानिमा क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस्