७ श्रावण २०८३, बिहिबार

सुनको मूल्य दुइ दिन स्थिर रह्यो, चाँदीको मूल्य बढ्यों



काठमाडौं । समेबार पनि स्थिर रहेको सुनको मूल्य मंगलबार पनि स्थिर रहेको छ । मंगलबार छापावाल सुनको मूल्य स्थिर रहेर प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य पनि स्थिर रहेर ८६ हजार १५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेर १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आइतार तेजावी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर ८६ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेर तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य तोलामा ६ सयले घटेर ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाले घटेर प्रतितोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्