महिला लघुवित्त र ग्रिनलाइफ हाइड्रोपावरको कतिमा भयो पहिलो शेयर कारोबार ?
काठमाडौं । स्पेशल प्रि ओपन सेसनमा महिला लघुवित्तको पहिलो शेयर कारोबार प्रतिकित्ता ४३८ रुपैयाँमा १० कित्ता शेयर खरिदबिक्री भएको छ ।
सोमबार लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको शेयर सहित १० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो । नेप्सेले लघुवित्तको शेयरलाई ३१३ रुपैयाँ १६ पैसा देखि ९३९ रुपैयाँ ४८ पैसा ओपनिङ्ग रेन्ज दिएको थियो ।
त्यस्तै, ग्रिनलाइफ हाइड्रोपावरको पहिलो शेयर कारोबार प्रतिकित्ता २९९ रुपैयाँमा १० कित्ता शेयर खरिदबिक्री भएको छ । सोमबार कम्पनीको १ करोड ८० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो । नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ९९ रुपैयाँ ६७ पैसा देखि २९९ रुपैयाँ ०१ पैसा ओपनिङ्ग रेन्ज तोकेको थियो ।













