ज्योति लाइफको आइपीओ शुक्रबारसम्म बाँडफाँट गरिने
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आईपीओ) यसै साताको शुक्रबारसम्म बाँडफाँट गर्ने तयारी रहेको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइपीओमा आवेदन परेकाहरुको भेरिफाईको काम भैरहेको क्यापिटलले जनाएको हो । यदि यसै साता भेरिफाई अर्थात रुजु गर्ने काम सकिएमा शुक्रबार बाँडफाँट गरिने छ भने भेरिफाईको काम सकिएन भने अर्काे साता बाँडफाँट गरिने बिक्री प्रबन्धकले बताएको छ ।
कम्पनीले फागुन २१ गतेदेखि १ सय अंकित दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमा ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोष, ३ लाख ३३ हजार कित्ता कर्मचारी र बाँकि रहेको ५९ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणका लागि छुट्याएको हो । लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन पाउने ब्यवस्था गरिएको छ ।
कम्पनीको आइपीओेमा नयाँ किर्तीमान गर्दै १८ लाख ४ हजार ६ सय ४८ जनाले आवेदन दिएका छन् । ३ करोड ८० लाख ५७ हजार ७ सय १० कित्ता सेयर खरिदको लागि ३ अर्ब ८० करोड ७१ हजार बढि रकम संकलन भएको छ । यो माग गरेकोभन्दा ६.४ गुणा बढी हो ।













