लाभांश प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सले बोलायो साधारण सभा, बुकक्लोज कहिले? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लाभांश प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सले बोलायो साधारण सभा, बुकक्लोज कहिले?



काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले लाभांश पारित गर्नका लागि बार्षिक साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव पारित गर्न चैत २७ गते, शुक्रबार, एयरपोर्ट होटल, सिनामङ्गल, काठमाडौँमा बिहान ११ बजे ७२ औँ वार्षिक साधारण सभा बोलाएको हो ।

हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर सहित चुक्ता पूँजीको २ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले चैत १७ गतेदेखि २७ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार चैत १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्