नेपाल लाइफको २६७ जना एमडीआरटी बन्न सफल अभिकर्तालाई सम्मान
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले MDRT बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको छ । शुक्रबार राजधानीको हायात होलटमा आयोजित एक भब्य समारोहकाबीच उक्त सम्मान गरेको हो । विश्वका अभिकर्ताहरुको अन्तराष्ट्रिय संस्था Million Dollar Round Table (MDRT) 2021 मा सहभागी हुन योग्य हुनुभएका आफ्ना अभिकर्ताहरुलाई सम्मान गरेको हो । कम्पनीले खादा, माला, प्रसंशा–पत्र सहित सो सम्मान गरेको हो । कम्पनीमा कार्यरत २३८ जना MDRT २० जना Cort of the Table (COT) र ९ जना त्यउ या Top of the Table (TOT) गरि २६७ जना अभिकर्ताहरु Million Dollar Round Table (MDRT) 2021 मा सहभागी हुन योग्य हुनुभएका छन् ।
कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । उप प्रमुख कार्यकारी अधिकृत चौधरीले Million Dollar Round Table (MDRT) जस्ता अन्तराष्ट्रिय संस्थाहरुमा कम्पनीका तर्फबाट अभिकर्ताहरुले सहभागीता जनाउन पाउँदा अन्तराष्ट्रिय जगतमा अनुभव साटासाट हुनुका साथै क्षमता विकास, काम गर्ने उत्प्रेरणा प्राप्त हुने जनाउनु भयो । त्यसैगरी कम्पनीका उप महाप्रबन्धक उमापति पोखरेलले Million Dollar Round Table (MDRT) 2021 का लागि योग्य भई सहभागिता जनाउने अभिकर्ताहरुलाई बधाई ज्ञापन गर्दै आगामि दिनमा अझ सफलताको सिढि चढ्दै जानुहोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीलाई उच्च राख्न अहोरात्र खटिने सम्पूर्ण अभिकर्ताहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनको सफल यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो । समस्यासँग भाग्ने नभई समस्याको सामना गरी डटेर निरन्तर गरिने संघर्षले नै सफलताको शिखर हासिल गर्ने बताउनु भयो । कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले अभिकर्ताहरुको निरन्तर साथ र सहयोगको अपेक्षा राख्दै धन्यवाद व्यक्त गर्नु भयो साथै अझै उत्साहका साथ अगाडि बढि कम्पनीले नयाँ उचाई हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पेशागत बिमा अभिकर्ता संघ नेपालका उपाध्यक्ष तथा बिमक समिति नेपाल लाइफका अध्यक्ष राजेन्द्र अमात्यले नेपाल लाइफले अभिकर्ताहरुलाई उत्साह र सम्मानको खाँचो महसुस गरी आयोजना गरिएका यस प्रकारका कार्यक्रमले अभिकर्ताहरुमाझ जोस र जागरको उर्जा भरी कम्पनीको उचाइले शिखर चुम्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पेशागत बिमा अभिकर्ता संघ नेपालका अध्यक्ष नन्द प्रसाद तिवारीले नेपाल लाइफलाई अग्रणी र अब्बल बीमा कम्पनीका रुपमा निरन्तर देख्न चाहने हामी अभिकर्ताहरुले एकजुट भई काधमा काध मिलाई काम गर्नु पर्ने बनाउनु भयो ।
नेपाल लाइफका बरिष्ठ सहायक महाप्रबन्धक दिग्विजय सिंघलले अभिकर्ताहरुको उत्साहजनक साथले कम्पनीले लिएको लक्ष्यलाई दोब्बर बनाउनेमा विश्वास व्यक्त गर्नुभयो । कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक सोन आले मगरले जीवन जिउनका लागि मात्र होइन, जीवन जित्नका लागि हो भनी अभिकर्ताहरुको उत्साह थप्ने भनाइ राख्नु भयो । कार्यक्रमलाई सुनिता पोखरेलले उत्कृष्ट ढंगले संचालन गर्नुभएको थियो । कम्युनिकेसन तथा ब्राण्डीङ विभाग प्रमुख मेघेन्द्र प्रकाश गिरीले कार्यक्रम सफल बनाउनका लागि गर्नुभएको रचनात्मक कार्यको सहभागीहरुले उच्च प्रसंशा गर्नु भएको थियो ।













