शिखर इन्स्योरेन्सको साधारण सभाद्धारा २९ प्रतिशत लाभांश र ३० प्रतिशत हकप्रद पारित - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

शिखर इन्स्योरेन्सको साधारण सभाद्धारा २९ प्रतिशत लाभांश र ३० प्रतिशत हकप्रद पारित



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले सोमबार एकैदिन १५ र १६ औ वार्षिक साधारणसभाले २९.२३१ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको वार्षिक साधारणसभाले सेयरधनीलाई २७.७६९ प्रतिशत बोनस र १.४६२ प्रतिशत नगद लाभांश प्रस्तावलाई पारित गरेको हो । सभाले आ.व. २०७७।७८ मा बाँडफाँट गरिएको हकप्रद सेयरपश्चात कायम हुने सेयर पुँजीमा २७.७६९ प्रतिशत हुने बोनस सेयर र कर प्रयोजनार्थ १.४६२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।

संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याएको छ । यससँगै कम्पनीको संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात ५१ः४९ कायम भएको इन्स्योरेन्सले जनाएको छ ।

त्यसैगरी, बोनस सेयरपश्चात कायम हुने कम्पनीको चुक्ता पुँजीको ३० प्रतिशतको दरले हकप्रद सेयर जारीको प्रस्ताव समेत साधारणसभाबाट पारित गरिएको छ । ३० प्रतिशत हकप्रद निष्काशन पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्ने छ ।

कम्पनीले बोनस शेयर वितरण पछि कायम हुने शेयर पुँजीमा सर्वसाधाण शेयरधनीको हिस्सा ४९ प्रतिशत पुर्याउने विशेष प्रस्ताव पारित भएको छ । हाल संस्थापक शेयर पुँजीको हिस्सा ६० प्रतिशत रहेको छ भने सर्वसाधारणको ४० प्रतिशत छ। शेयर कन्भर्जन पछि संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत पुगेको छ ।

त्यस्तै, साधारणसभाबाट सर्वसाधारण सेयरधनी समूह ख का सेयरधनीबाट २ जना संचालकका लागि निर्वाचित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्