अजोड इन्स्योरेन्स र आइएमई मोटर्सबीच नगद रहित बीमा दाबी सहितको बीमा कारोबार गर्ने सम्झौता - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अजोड इन्स्योरेन्स र आइएमई मोटर्सबीच नगद रहित बीमा दाबी सहितको बीमा कारोबार गर्ने सम्झौता



काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र आइएमई मोटर्स प्रा. लि तथा आइएमई अटोमोटिभ्स प्रा. लि. बीच नगद रहित बीमा दाबी सहितको बीमा कारोबार गर्न द्धिपक्षीय सम्झौता भएको छ ।

आइतबार आयोजित एक कार्यक्रमका बीच आइएमई मोटर्स प्रा. लि. तथा आइएमई अटोमोटिभ्स प्रा. लि. संग सवारी साधनहरुको दुर्घटना बापत बीमा दाबी प्रक्रियामा नगद रहित बीमा दाबी (CASHLESS CLAIM) लाई सरल र प्रभावकारी बनाउन अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र आइएमई मोटर्स प्रा. लि . र आइएमई अटोमोटिभ्स प्रा. लि. का नायब प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले सहमतिपत्रमा हस्ताक्षर गर्नु भएको हो ।


प्रतिक्रिया दिनुहोस्