भारतमा कोरोना भाइरसबाट एकै दिनमा २७५ को ज्यान गयो
काठमाडौं । भारतमा कोरोना भाइरसबाट एकै दिनमा २७५जनाको ज्यान गएको छ । भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट २७५ जनाको ज्यान गएसंगै कोरोनाबाट ज्यान गुमाउनेकोे सङ्ख्या एक लाख ६० हजार ४४१ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी वितेको चौबीस घण्टाको अवधिमा ४७ हजार २६२ जना थप व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । हालसम्म कुल संक्रमितको सङ्ख्या एक करोड १७ लाख ३४ हजार ५८ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै कुल संक्रमितमध्ये तीन लाख ६८ हजार ४५७ जनामा संक्रमण सक्रिय छ । एक करोड १२ लाख ५ हजार १६० जना संक्रमणमुक्त भएका छन् ।













