२० बर्षपछि भन्सार एजेन्टका लागि नयाँ लाइसेन्स आवेदन खुल्यो, यसरी दिनुहोस् आवेदन
काठमाडौं । दुई दशक (२९ बर्ष) पछि भन्सार एजेन्टका लागि नयाँ लाइसेन्स आवेदन खुल्ला गरिएको छ । भन्सार विभागले भन्सार एजेन्टको नयाँ लाइसेन्स आगामी वैशाख ५ गतेसम्मको दरखास्त दिन सक्ने गरी आवेदन खुल्ला गरेको हो । भन्सार एजेन्टको लागि दरखास्त दिन चाहने योग्य उम्मेदवारले वैशाख १२ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।
भन्सार एजेन्ट बन्नका लागि २१ वर्ष उमेर पुरा गरेको भन्सार नियमावली २०६४ को अनुसूची ५ मा उल्लेख भएबमोजिम दरखास्त दिनुपर्नेछ । ३ हजार रुपैयाँ तिरेर आवश्यक काजजात अपलोड गरेर अनलाइनमार्फत दरखास्त दिन विभागले सबै इच्छुक उम्मेदवारलाई आव्हान गरेको छ । विभागले लिखत र अन्तवार्ताअनुसार उम्मेदवार छनोट गर्नेछ ।
APPLY: https://rajaswa.fcgo.gov.np/#/auth/login













