हकप्रद शेयर निष्काशन पारित गर्न अजोड इन्स्योरेन्सले साधारण सभा बोलायो, बुक क्लोज कहिले ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हकप्रद शेयर निष्काशन पारित गर्न अजोड इन्स्योरेन्सले साधारण सभा बोलायो, बुक क्लोज कहिले ?



काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको ५० प्रतिशत हकप्रद शेयर प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । इन्स्योरेन्सले बैशाख ७ गते, वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा तेस्रो वार्षिक साधारण ११ बजे सभा बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात २ बराबर १ अनुपात हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले चैत २४ गतेदेखि बैशाख ७ गतेसम्म बुकक्लोज गर्ने भएको छ । त्यसैले, चैत २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्