ज्योति लाइफको शेयर रजिष्ट्रारमा एनआइसी एशिया क्यापिटल नियुक्त
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रजिष्ट्रारमा एनआइसी एशिया क्यापिटललाई नियुक्त गरिएको छ । मंगलबार ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनआइसी एशिया क्यापिटल लिमिटेडबीच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको हो ।
अब ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने शेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने काम एनआइसी एशिया क्यापिटले गर्ने छ ।
कम्पनीको आइपीओमा आवेदन दिएका १८ लाख ४२ हजार ४ सय ८० जना आवेदककर्ताहरुमध्ये १७ लाख ९७ हजार ८ सय ३५ जना मात्र योग्य रहेको थिए । योग्य कायम भएका १७ लाख ९७ हजार ८ सय ३५ जना आवेदकलाई गोलाप्रथाद्धारा बाँडफाँट गर्दा ५ लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएका छन् ।
ज्योति लाइफले फागुन २१ देखि फागुन २६ गतेसम्म आईपिओ निष्काशन गरेको थियो । कम्पनीले १०० अंकित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमा ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषहरुलाई र ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र बाँकि रहेको ५९ लाख ४० हजार कित्ताको लागि छुट्याएको थियो ।













