एनएलजी इन्स्योरेन्सका संस्थापक सेयरधनीको ९५ प्रतिशत सेयर सर्वसाधरणमा परिणत
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरधनीहरुको ९५ प्रतिशत सेयर सर्वसाधरण समूहमा परिणत भएको छ । एक सूचना प्रकाशन गर्दै कम्पनीले उक्त सेयर समायोजन गरि सम्वन्धित हितग्राही खातामा समेत पठाएको जनाएको छ ।
कम्पनीको समूह “ख“ सेयर २० प्रतिशत कायम रहेकोमा गत मंसिर ५ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट पारित समूह “ख” को सेयर सहज विक्री वितरण गर्ने प्रयोजनका लागि कम्पनीको प्रबन्धपत्रको दफा ५ ग ९१० तथा नियमावलीको नियम ५ ग ९१० मा भएको व्यवस्था बमोजिम समायोजन गरेको हो ।
कम्पनीको सूचनामा भनिएको छ, – ‘मिति २०७७\१२\६ गतेसम्म शेयर अभौतिकीकरण गराउनु भएका कम्पनीका सेयरधनी महानुभावहरुको सर्वसाधारण समूहको सेयर सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको व्यहोरा जानकारी गराउँदै, सों मिति पश्चात् सेयर अभौतिकीकरण गराउनु भएका सेयरधनीहरुको हकमा क्रमशः उक्त सर्वसाधारण सेयर जम्मा हुने व्यवस्था गरिएको हुँदा हालसम्म पनि सेयर अभीतिकीकरण नगर्नु भएका सेयर धनीहरुले आफ्नो सेयर अभौतिकीकरण गराई आफ्नो कायम हुने सर्वसाधारण समूहका सेयर समेत हितग्राही खातामा नै प्राप्त गर्न सकिने व्यहोरा जानकारी गराउँदछौ।’
साथै चैत ६ गतेसम्म सेयर धितो बन्धक राखी कर्जा लिनु भएका सेयरधनीहरुको हकमा कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तिय संस्थाहरुलाई सम्पर्क राखि सेयरधनीहरुले सेयर फकबा गर्न आवश्यक प्रक्रिया गरी उक्त शेयर फकवा रहेरनरहेको यकिन गरी आफ्नो कायम संस्थापक सेयरलाई सर्वसाधारण समूहको सेयरमा परिणत गर्न कम्पनीले अनुरोध गरेको छ ।
उक्त प्रयोजनका लािग कम्पनीको सेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड। टेक, काठमाण्डौमा सम्पर्क राख्नु हुन समेत अनुरोध गरेको छ ।













