एशियन लाईफ इन्स्योरेन्स १४ बर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा साप्ताहिक कार्यक्रम गर्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एशियन लाईफ इन्स्योरेन्स १४ बर्षमा प्रवेश, वार्षिकोत्सवको अवसरमा साप्ताहिक कार्यक्रम गर्ने



काठमाडौं । वि.स.२०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको यस एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालका १३ औँ वर्ष पुरा गरी १४ औँ वर्षमा प्रवेश गरेको छ । चौधौं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले चैत्र २१ गतेदेखि वार्षिकोत्सव साप्ताहिक कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायीत्वसँग सम्बन्धि विविध कार्यक्रमहरु आयोजना गर्दै छ ।

वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायीत्वलाई विशेष प्राथमिकता दिई सितापाइला, काठमाण्डौंस्थित पुनर्वल सेवा नामक सामाजिक संस्थालाई १ थान वाटर प्युरिफायर हस्तान्तरण गरिएको छ । साथै प्रदेश स्तरमा नै सामाजिक उत्तरदायीत्व अन्तर्गत समेट्ने गरी देशैभरको ४० वटा शाखा कार्यालयमा सामाजिक उत्तरदायीत्वको कार्यक्रम संचालन गरिएको छ ।

देशभर रहेका १४६ वटा शाखा उपशाखामार्फत् जीवन बीमा सेवा प्रदान गरिरहेको यस कम्पनीले १३ वर्षको अवधिमा २०७७ फागुन मसान्तसम्ममा कुल ५ लाख ६८ हजार बीमालेख बिक्री गरी रु.२८ अर्व ८६ करोड प्रिमियम संकलन गरेको छ । कम्पनीको जीवन बीमा कोष रु.२५ अर्ब ५० करोड र कूल लगानी रु.२६ अर्ब १९ करोड रहेको छ ।

हालसम्म यस कम्पनीले एशियन सावधिक, अग्रिम भुक्तानी, आजीवन र म्यादी सहित २३ वटा जीवन बीमा योजनाको साथै १८ प्रकारका घातक रोगविरुद्धको रक्षावरण हुनेगरी ‘एशियन क्रिटिकल केयर’ ऐच्छिक सुविधा समेत प्रचलनमा ल्याएको छ ।


प्रतिक्रिया दिनुहोस्