जनरल इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले गर्ने ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

जनरल इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले गर्ने ?



काठमाडौं । जनरल इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले बैशाख २६ गते कम्पनीको केन्द्रिय कार्यालय, हात्तीसार, काठमाडौँमा तेस्रो वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको हो ।

सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ सञ्चालकको निर्वाचन गर्ने भएको छ । त्यस्तै, कम्पनीले कोभिड १९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने छ । सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्धारा पेश हुने कम्पनीको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिने छ ।

त्यस्तै, आर्थिक वर्ष २०७७–०७८ को लेखापरिक्षण गर्नका लागि लेखा परिक्षण समितिको सिफारिस बमोजिम लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका एजेण्डा छ ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले बैशाख १० गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने छ । यस अनुसार बैशाख ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको सो सभामा सहभागिता जनाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्