ज्योतिलाईफ द्वारा भक्तपुर नगरपालिकका कर्मचारीको मृत्यु दावी भुक्तानी
काठमाडौं । ज्योतिलाईफ इन्सुरेन्स द्वारा भक्तपुर नगरपालिकाका कर्मचारी स्व रामकृष्ण नायजुको सामुहिक म्यादी जीवन बीमा दावी भुक्तानी बापतको रु पाँच लाख पचास हजार रकम स्व नायजुका श्रीमती रमा नायजु लाई चैत २५ गते प्रदान गरेको छ ।
स्व नायजुको फाल्गुन २४ गते अकस्मात निधन भएको थियो । नगरपालिकाका कर्मचारीहरु कुनै पनि आकस्मिक वा बिपदको परिस्थितीमा पनि निरन्तर सेवामा रहने हुँदा कर्मचारी तथा कर्मचारीको परिवारको आर्थिक सुरक्षार्थ सम्पूर्ण कर्मचारीहरुको सामुहिक म्यादी जीवन बीमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीमा गरिएको थियो ।
ज्योतिलाईफले आफ्नो स्थापना देखी नै बिभिन्न कार्यलयमा काम गर्ने कर्मचारीको आवश्यकता एवम बजेटको आधारमा बिभिन्न सुबिधा लिन मिल्ने गरी कर्मचारीहरुको सामुहिक म्यादी जीवन बीमा योजनाको सेवा बिक्री गर्दै आएको छ ।
ज्योतिलाईफले सार्वजनिक तथा अन्य सेवामा अनवरत खटिने कर्मचारीको लागि सुलभ तथा सहुलियत पूर्ण बीमा सेवा प्रदान गर्ने कार्यलाई आफ्नो प्राथमिकमा राखेको छ । भक्तपुर नगरपालिकामा सम्पन्न उक्त कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतीले भक्तपुर नगरपालिका तथा ज्योतिलाईफका पदाधिकारीको उपस्थितिमा बीमा दावी भुक्तानी बापतको रकम हस्तान्तरण गरेका थिए ।













