भन्सार छलि गरेको आरोपमा तिरुपति ग्लासलाई ६ करोड ३३ लाख जरिवाना - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

भन्सार छलि गरेको आरोपमा तिरुपति ग्लासलाई ६ करोड ३३ लाख जरिवाना



काठमाडौं । भन्सार छली गरेको आरोपमा तिरुपति ग्लासलाई ६ करोड ३३ लाख जरिवाना गरेको छ । तिरुपति ग्लास कम्पनीले घोषणा गरेको भन्दा बढी परिमाण र मोटाइको सिसा आयात गरेर कर छली गरेको पुष्टि भएपछि उक्त कम्पनीलाई ६ करोड ३३ लाख रुपैयाँ जरिवाना गरिएको सुख्खा बन्दगाह भन्सारले जनाएको छ ।

तिरुपति ग्लास कम्पनीलाई चैत २६ गतेको निर्णय अनुसार भन्सार ऐनअनुसार ५ सय प्रतिशत जरिवाना गरिएको भन्सार कार्यालयका सूचना अधिकारी चुडामणि कट्टेलले जानकारी दिए ।

खनुसन्धान गर्दा कम्पनीले भन्सार घोषणामा ४ एमएम भनिएको ग्लास ५ एमएम र ११ हजार १६ स्क्वायर मिटर भनिएको सिसाको परिमाण १७ हजार ५०३ स्कवायर मिटर पाइएको छ ।


प्रतिक्रिया दिनुहोस्