गत बर्ष सुनको मूल्य २६ हजार ५ सय रुपैयाँ बढ्दा चाँदीको झण्डै दोब्बर
काठमाडौं । गत बर्ष सुनचाँदीको मूल्य ह्वात्तै बढेको देखिन्छ । कोरोना भाईरसका कारण सुनको मूल्य बढेको बताएको छ । गत बर्ष सुनको मूल्य २६ हजार ५ सयसम्म बढेको छ भने चाँदीको झण्डै दोब्बरले बृद्धि भएको देखिन्छ । गत बर्ष चाँदीको मूल्य तोलामा ६१५ रुपैयाँसम्मले बढेको छ ।
गत बर्ष सुनको मूल्य तोलामा २६ हजार ५ सय रुपैयाँले बढेको छ । गत बर्षको अन्तिम दिन वि.स. २०७६ साल चैत्र १० गते छापावाल सुनको मूल्य तोलामा ७७ हजार रुपैयाँमा कारोबार भएको थियो । बर्षको अन्तिम दिन चैत्र मसान्तको दिन हुने भएतापनि गत बर्ष लकडाउनका कारण चैत्र १० गते नै अन्तिम कारोबार भएको थियो ।
नेपाल सुनचाँदी ब्यवासायी महासंघका अनुसार चैत्र १० गते अन्तिम मूल्यलाई वि.स. २०७८ बैशाख २ गतेको मूल्यले घटाउने हो भने तोलामा १२ हजार ८ सय रुपैयाँले छापावाल सुनको मूल्य बढेको छ । तर बार्षिक रुपमा हेर्ने हो भने सुनको मूल्य २६ हजार ५ सय रुपैयाँले बढेको छ । वि.स. २०७६ असार २३ गते सुनको मूल्य तोलामा १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तर विस्तारै घट्दै आजका दिनसम्म ८९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
यसरी बर्षको उच्च मूल्य १ लाख ३ हजार ५ सय रुपैयाँबाट वि.स. २०७६ चैत्र १० गतेको मूल्य ७७ हजार घटाउँदा २६ हजार ५ सय रुपैयाँले सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बर्षमा सुनको मूल्य २६ हजार ५ सय रुपैयाँले बढेको देखिन्छ ।
त्यस्तै, गत वर्ष २०७६ चैत्र १० गते चाँदीको मूल्य तोलामा ७२० रुपैयाँमा कारोबार भएको थियो । वि.स. २०७७ फागुन १५ गते चाँदीको मूल्य १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो । ०७६ चैत्र १० गतेको मूल्य ७२० रुपैयाँलाई १३ सय ३५ रुपैयाँले घटाउँदा ६१५ रुपैयाँले बढेको देखिन्छ । तर गत बर्ष चैत्र १० गतेको मूल्यलाई आज बैशाख २ गतेको मूल्य १२ सय ९० रुपैयाँले घटाउँदा ५७० रुपैयाँले चाँदीको मूल्य बढेको छ । वि.स. २०७८ बैशाख २ गतेका दिन चाँदी तोलामा १२ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ ।
वि.स. २०७६ साल चैत्र १० गते छापावाला सुनको मूल्य तोलामा ७७ हजार रुपैयाँ, तेजावी ७६ हजार ७ सय रुपैयाँ र चाँदी ७२० रुपैयाँमा कारोबार भएको थियो ।













