फर्स्ट माइक्रोफाइनान्सको नाफा १३ प्रतिशतले बढ्यो
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा १३ प्रतिशतले बढेको छ कम्पनिले चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा ९ करोड ७८ लाख नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले बढी हो ।
कम्पनिको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको चैत मसान्त सम्ममा ९ करोड ७८ लाख नाफा कमाएको हो ।
कम्पनिले प्रकाशीत गरेको वित्तिय विवरण अनुसार खुद ब्याज आम्दानी ३४ प्रतिशत बढेको छ । त्यस्तै कर्जा लगानी ४८ प्रतिशतले उकालो लागेको छ ।
कम्पनिको चुक्ता पूँजी ८७ करोड ६८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २३ करोड ३५ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनिको चुक्ता पूँजी ९ प्रतिशतले उकालो लागेको छ भने जगेडा कोष २१ प्रतिशत बढेको छ ।













