२७ श्रावण २०८३, बुधबार

लगातार रेकर्ड बनाउँदै आएको नेप्सेमा आइतबार ब्रेक, ९ अर्ब बराबरको कारोबार



काठमाडौं । आइतबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) घटेको छ । गत बर्षको अन्तिम सातादेखि लगातार नयाँ रेकर्ड बनाउँदै आएको नेप्से आइतबार भने घटेको हो । आइतबार सबै समूहमा राताम्य छाएको छ । म्युचुअल फण्डमा बाहेक सबै समूहमा राताम्य छाएको छ ।

नयाँ बर्षको पहिलो कारोबारको दिन नयाँ रेकर्ड कायम गरेको नेप्से आइतबार घटेको हो । आइतबार नेप्से परिसूचक ३५.८९ अंकले घटेर २६९९.५१ अंकमा बन्द भएको छ । २७ सय माथि उक्लिएको नेप्से फेरि २६ सयकोमा झरेको हो । नेप्सेमा आईतबार २०७ कम्पनीको १ करोड ९५ लाख २८ हजार सेयर किनबेच हुँदा ८ अर्ब ८० करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको देखिन्छ । म्युचुअल फण्डको ०.०६ अंकले बढेको छ । भने निर्जीवन बीमा समूहको १८३.१९ अंकले सर्वाधिक घटेको छ ।