कालिका लघुबित्तको मुनाफामा १ हजार ३६४ प्रतिशतले उछाल, अन्य सूचकमा पनि चम्कियो
काठमाडौं । कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७–०७८ को तेस्रो त्रैमासमा ६ करोड ९७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको यस अवधिमा संस्थाले ४१ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्ष तुलनमा यस बर्षको चैत्र मसान्तसम्म १ हजार ३६४ प्रतिशत बढी नाफा आर्जन गरेको हो । गत आर्थिक बर्षको यस अवधिमा ११ करोड ५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यस बर्ष ८९.१९ प्रतिशतले बढेर २० करोड ९१ लाख पुगेको छ ।
गत आर्थिक बर्षको चैत मसान्तसम्ममा संस्थाको सञ्चालन मुनाफा ६३ लाख ६३ लाख माइनसमा रहेकोमा यस बर्षको सोही अवधिमा ७२ लाख ८३ हजार रुपैयाँ प्लसमा पुगेको छ ।
गत आर्थिक बर्षको यस अवधिमा संस्थाको प्रतिसेयर आम्दानी १० रुपैया ०२ पैसा रहेकोमा चालु आर्थिक बर्षको यस अवधिमा ३१ रुपैयाँ ७५ पैसा पुगेको छ । संस्थाको मूल्य आम्दानी अनुपात (पिई रेसियो) ४३.४९ गुणा रहको छ भने प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ४५ पैसा रहेको छ ।













