चन्द्रागिरी हिल्सको ७३०.७३ प्रतिशत नोक्सानी बढ्यो, अन्य वित्तीय अवस्था यस्तो छ
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १८ करोड ११ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरोको छ । गत आर्थिक वर्षको यस अवधिमा २ करोड १८ लाख रुपैयाँमात्र नोक्सानी रहेको थियो । गत आर्थिक वर्षको यस अवधिको तुलनामा १५ करोड ९३ लाख रुपैयाँ अर्थात ७३०.७३ प्रतिशत नोक्सानी बढेको हो ।
यस अवधिमा सञ्चालन आम्दानी २३ करोड ७९ लाख रुपैयाँ घटेको छ भने अन्य आम्दानी १ करोड २७ लाख रुपैयाँ घटेको छ । गत आर्थिक वर्षको यस अवधिमा सञ्चालन मुनाफा १४ करोड २१ लाख रुपैयाँ रहेकोमा यस बर्ष २ करोड ८१ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।
चुक्ता पूँजी १ अर्ब ५३ करोड रूपैयाँ, जगेडा कोष ३२ करोड ८ लाख रूपैयाँ ऋणात्मक छ । कम्पनीको सेयर आम्दानी ११ रूपैयाँ ८१ पैसाले ऋणात्मक छ भने प्रतिशेयर नेटवर्थ ७९ रूपैयाँ ९ पैसा रहेको छ ।













