अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, अध्यक्ष र सदस्यहरुको बैठक भत्ता बढाईयो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, अध्यक्ष र सदस्यहरुको बैठक भत्ता बढाईयो



काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आज (मंगलबार) सम्पन्न भएको छ । अजोड इन्स्योरेन्स लिमिटेडको आज (बैशाख ७ गते, मंगलबार) वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकलाई चयन गरेको छ । स्वतन्त्र विज्ञ संचालकमा विष्णु प्रसाद नेपालको नियुक्तिलाई अनुमोदन गरेको छ । त्यस्त, सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने पानुदत्त पौडेल र सिर्जना सुवेदी निर्विरोध निर्वाचित भएका छन् ।

सभाले आर्थिक वर्ष २०७६–७७ को लेखापरिक्षण प्रतिवेदन पारित गरेको छ । त्यस्तै, अध्यक्ष तथा सञ्चालक समितिको सदस्यहरुको बैठक भत्ता बढाएर अध्यक्षको प्रति बैठक भत्ता १२ हजार रुपैयाँ र सदस्यहरुको १० हजार रुपैयाँ पुर्याइएको छ ।


प्रतिक्रिया दिनुहोस्