२७ श्रावण २०८३, बुधबार

सुनको मूल्य एकै दिन १३ सय रुपैयाँले बढ्यो, ३ दिन स्थिर रहेको चाँदी पनि उकालो लाग्यो, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । बुधबार छापावाल सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य ३ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य स्थिर रहेर तोलामा १३ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य स्थिर रहेर तोलामा १३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेर तोलामा १३ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार छापावाल सुनका मूल्य तोलामा ७ सयले बढेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।