२७ श्रावण २०८३, बुधबार

बैंककहरुमा नाफा देखाउने होडबाजी चल्यो



सन्तोष कोइराला, सीईओ, माछापुच्छ्रे बैंक

बैंककहरुमा नाफा देखाउने होडबाजी चल्यो । कसले बढी नाफा देखाउन सक्ने भन्ने होडबाजीमा बकंै हरू लागे । नियमनकारी निकायका रूपमा राष्ट्र बैंक विभिन्न खालका निर्देशनहरू जारी गरेर बजारलाई एउटा बाटो दिन्छ । तर, यहाँ हामी सीईओहरूले बुझ्नुपर्ने के भने– सेल्फ कम्प्लायन्स (स्व अनुपालन) भन्ने कुरा पनि हुन्छ ।

कतिपय ठाउँमा सेल्फ रेगुलेटेड (स्वयं नियमन) हुन पनि जरुरी छ । जति निर्देशनहरू जारी हुन्छन्, त्यसमा हामीले लुप होल्स (कमजोरी) खोज्दै जाने कि आफ्नो बैंकको अवस्था के हो र हामी कसरी सेल्फ रेगुलेटेड हुँदै जाने ? यस्तो बेलामा राइटब्याक गरेरै आम्दानी देखाउनु गलत हो ।

हामी पनि यही ‘इन्डस्ट्री’ मा छौं । एक–एक हेरर बसेका छौं । यसले त प्रणालीगत जोखिम ल्याउन सक्छ । त्यसैले यो गलत अभ्यास हो । जति नै चुस्त व्यवस्थापन किन नहोस्, अथवा एकदमै राम्रो रिकभरी (ऋण उठ्ती) गरेर वा जोखिम व्यवस्थापनमा अब्बलै भएको बैंकले पनि अहिलेको बेलामा प्रोभिजनिङलाई राइटब्याक गर्न सक्ने अवस्था छैन । तर, त्यस्तो गलत अभ्यास देखियो ।