२७ श्रावण २०८३, बुधबार

मिर्मिरेको लघुवित्तको खुद नाफा ३९२.७२ प्रतिशतले बृद्धि हुँदा प्रतिशेयर आम्दानी २८ रुपैयाँले बढ्यो, अन्य सूचकमा पनि छलाङ मार्यो



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १४ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा संस्थाले २ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा ३९२.७२ प्रतिशत बढी खुद नाफा आर्जन गरेको हो ।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १६२.६८ प्रतिशत बढेर २९ करोड ३२ लाख १० हजार रुपैयाँ, सञ्चालन मुनाफा ५४१.६१ प्रतिशत बढेर २१ करोड ८२ लाख ४३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यस सम्भावित यस अवधिमा जोखिम बापतको व्यवस्थामा २ करोड ९४ लाख रुपैयाँ छुट्याएको थियो तर चालु आर्थिक वर्षमा नछुट्याएका कारण नाफा बढेको देखिन्छ । यस अवधिमा लघुवित्तले १ करोड ५८ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।

यस अवधिमा लघुवित्तको चुक्ता पूँजी ११३.४७ प्रतिशत बढेर ३८ करोड ८६ लाख २६ हजार रुपैयाँ, जगेडा कोष १४५.४९ प्रतिशत बढेर २५ करोड ६२ लाख ८२ हजार रुपैयाँ, सापटी १६९.३० प्रतिशत बढेर ४ अर्ब २२ करोड रुपैयाँ, निक्षेप ९६.०५ प्रतिशतले बढेर १ अर्ब ८७ करोड ६७ लाख र कर्जा लगानी १५९.२९ प्रतिशत बढेर ६ अर्ब ५० करोड ४७ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ९६ पैसा बढेर ४९ रुपैयाँ ३३ पैसा पुगेको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३३.५४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ २९ पैसा रहेको छ ।