२७ श्रावण २०८३, बुधबार

आरम्भ चौतारी लघुवित्तको कर्जा लगानी ३ अर्ब ९० करोड ६६ लाख रुपैयाँ, १९१.५६ प्रतिशत खुद नाफा आर्जन गर्यो



काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ७ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा संस्थाले २ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा चालु आवको यस अवधिमा १९१.५६ प्रतिशत बढि खुद नाफा आर्जन गरेको हो ।

त्यस्तै, संस्थाले यस अवधिमा गत आर्थिक बर्षमा ९ करोड २६ लाख आर्जन गरेकोमा ११९.१८ प्रतिशतले बढेर चालु आवको यस अवधिमा २० करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै, यस अवधिमा सञ्चालन मुनाफा १८५.५८ प्रतिशतले बढेर १२ करोड ५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।

त्यस्तै, लघुवित्तको यस अवधिमा चुक्ता पूँजी ४४.०९ प्रतिशतले बढेर २८ करोड ६७ लाख रुपैयाँ, जगेडा कोष ११९.०९ प्रतिशतले बढेर १२ करोड ४२ लाख रुपैयाँ सञ्चित छ । सो अवधिसम्ममा लघुवित्तले २ अर्ब ४३ करोड १५ लाख रुपैयाँ सापटी र १ अर्ब १७ करोड ८६ लाख रुपैयाँबाट ३ अर्ब ९० करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ४२ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ३१ पैसा पुगेको छ । चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४५.५७ गुणा रहेको छ ।