आइएमई जनरल इन्स्योरेन्सको साधारण सभा आज हुँदै, ७.३७ प्रतिशत लाभांश पारित गरिने
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आज बैशाख १२ गते २३ औं वार्षिक साधारण सभा हुँदै छ । कम्पनीले सभा आफ्नै केन्द्रिय कार्यालय, नक्साल, काठमाडौंमा बिहान १० बजे हुँदै छ ।
आइतबार भईरहेको सभामा हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरी कूल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ ।
सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्धारा पेश हुने कम्पनीको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७–०७८ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षण समितिको सिफारिस बमोजिम लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने छ ।
सभाले कम्पनीको जारी पूँजीको अनुपात संस्थापक शेयरधनी समुहतर्फ ६० प्रतिशत र सर्वसाधारण शेयरधनीतर्फ ४० प्रतिशत रहेकोमा अब संस्थापक समूहतर्फ ५१ प्रतिशत र सर्वसाधारण समूहतर्फ ४९ प्रतिशत कायम गर्ने गरी प्रवन्धपत्र संशोधन गर्ने रहेको प्रस्ताव रहेको छ । साथै, सभामा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्ताव पेश हुने ।
आइएमई जनरल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि बैशाख २ गतेदेखि बैशाख १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसैले बैशाख १ गते नयाँ वर्ष परेको हुनाले शेयर करोबार नहुने हुँदा आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।














