ज्योति लाइफको खुद बीमाशुल्क १०१ प्रतिशतले बढ्यो, बीमा कोष १४८.९५ प्रतिशत बढेर चम्कियो
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ४.८९ प्रतिशत बढेर १२ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ११ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिमा इन्स्योरेन्सले खुद बीमाशुल्क १००.९७ प्रतिशत बढेर २ अर्ब २१ करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योन्सले १ अर्ब १० करोड १ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
यस अवधिमा इन्स्योरेन्सको चुक्ता पूँजी ४२.८६ प्रतिशत बढेर २ अर्ब २० करोड रुपैयाँ, जगेडा कोष ६०.५८ प्रतिशत बढेर ६० करोड ४ लाख रुपैयाँ, बीमा कोष १४८.९५ प्रतिशत बढेर ३ अर्ब ४९ करोड ६७ लाख रुपैयाँ र महाविपत्ती कोष ६०.५८ प्रतिशत बढेर ६ करोड ६७ लाख रुपैयाँ रहेको छ ।
इन्स्योरेन्सले बीमालेख धितोबापत ४४ करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह गरी २ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको छ । सो अवधिसम्ममा इन्स्योरेन्सको ८३ हजार १६७ बीमालेखबापत ५ अर्ब ४७ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यसैगरी, सो अवधिसम्ममा इन्स्योरेन्सले २२८ दाबी बापत १० करोड ११ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७०.२२ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ३३ पैसा रहेको छ ।













