काठमाडौं उपतयकामा १६ गतेदेखि लकडाउन गर्ने निर्णय, के-के खुला गर्न पाईन्छ ?
काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकमा बैशाख १६ गतेदेखि लकडाउन लगाउने निर्णय गरिएको छ । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले बिहीबार राति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
निषेधाज्ञामा औषधि खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभाग्य वस्तु खरिद वाहेक बाहिर निस्कन पाइने छैन । निषेधाज्ञामा उपभोग्य वाहेकका सवारी गुडाउन पाइने छैन । निजी , सार्वजनिक र अनुमति बिनाका सरकारी गाडी गुडाउन, मेला महोत्सव गर्न पनि पाइने छैन ।
यस्तै, निषेधाज्ञा भएपनि दैनिक उपभोग्य वस्तुको बिक्री तथा ढुवानी, सुरक्षा निकायका गाडी र सुरक्षाकर्मी हिँडडुल, फोहोरमैला संकलनार्थ सवारी सञ्चालन, औषधि खरिद बिक्री ढुवानी र दीर्घरोगीलाई अस्पताल जान भने रोक लगाइने छैन ।
निषेधाज्ञामा औषधि खाद्यवस्तु, इन्धन, ग्यास, तरकारी, फलफूल, दुध, विद्युत दुरसञ्चार, मृत्यु संस्कार सम्बन्धि सवारी सञ्चालन गर्न पाइने छ ।












