नेपाल बैंकको लेखापरीक्षकमा ढुंगेल नियुक्त
काठमाडौं । नेपाल बैंकको लेखापरीक्षकमा ढुङ्गेललाई नियुक्त गरिएको छ । नेपाल बैंक लिमिटेडको लेखापरीक्षकमा सुनिर कुमार ढुङ्गेललाई नियुक्ति गरेको हो ।
आर्थिक वर्ष २०७७–०७८ को लेखापरीक्षणका लागि चार्टर्ड एकाउण्टेन्ट नरेन्द्र भट्टराई, जगन्नाथ उपाध्याय र मुकुन्द महतलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो । तर चार्टर्ड एकाउण्टेन्ट मुकुन्द महतले बाह्य लेखापरीक्षकमा रहन असमर्थ रहेकोले उनको सट्टा सुनिरकुमार ढुङ्गेललाई नियुक्ति गरिएको बैंकले जनाएको छ ।
ढुङ्गेललाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति प्राप्त समेत भएको बैंकले जनाएको छ ।













