स्वास्थ्य मापदण्ड पालना गर्न वायुसेवा संचालक संघको अपिल - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

स्वास्थ्य मापदण्ड पालना गर्न वायुसेवा संचालक संघको अपिल



काठमाडौं । वायुसेवा संचालक संघले स्वास्थ्य मापदण्ड पालना गर्न हवाई सेवा कम्पनि र यात्रुहरुमा अपिल गरेको छ ।कोरोना संक्रमणको दर बढेसंगै सरकारले उपत्यका तथा कोरोना संक्रमण धेरै भएका ठाउँमा यातयात्र बन्द गर्ने निर्णय गरेपनि हवाई सेवा भने यथावत संचालन हुने भएको छ ।

आज वायुसेवा संचालक संघका प्रवक्ता योगराज कंडेलले विज्ञप्ति निकाल्दै आन्तरिक हवाई उडान वायुसेवा कम्पनीहरुले यथावतरुपमा हवाई सेवा संचालन गर्ने जनाएका छन ।

विज्ञप्तिमा वायुसेवा कम्पनीहरुले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड एवं नेपाल नागरिक उड्डयन प्राधिकरणवाट अनुमोदित कोभिङ सम्बन्धी को पूर्णरुपमा पालना गर्ने गरी यात्रुहरुलाई सेवा उपलब्ध गराउने हुदा कोरोना महामारीको यस विषम परिस्थितिमा हवाई यात्रा सुरक्षित नै हुने हुदाँ सम्पूर्ण यात्रुहरुमा सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गरी हवाई यात्राका लागि अनुरोध गरिएको छ ।यस्तो छ वायुसेवा संचालक संघ विज्ञप्ति :


प्रतिक्रिया दिनुहोस्