२ कार्तिक २०८३, सोमबार

नाडेप लघुवित्तको सधारण सभा जेठ ७ गते हुने, सेयर संरचाना परिवर्तन गरी ५१ः४९ मा झार्ने प्रस्ताव पारित गर्ने



काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले बार्षिक साधारण सभा आह्वान गरेको छ । बैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको बार्षिक साधारण सभा जेठ ७ गते शुक्रबार रानीबन पार्टीप्यालेश ११ बजेदेखि शुरु हुने भएको छ ।

सभामा संस्थाको सेयर संरचाना ७०ः३० लाई परिवर्तन गरी ५१ः४९ मा परिवर्तन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले वित्तीय संस्थासंग गाभ्ने–गाभिने वा एक्विजिशनका लागि प्रस्ताव आएमा सो कार्यका लागि समझदारी पत्रमा हस्ताक्षर गर्ने र लेखापरीक्षको पारिश्रमिक तोक्ने लगायतका एजेण्डालाई साधारण सभाले पारित गर्नेछ ।