२ कार्तिक २०८३, सोमबार

सारथि नेपाल लघुवित्तको नाफामा छलाङ २१८ प्रतिशतले बढ्यो नाफा, प्रतिशेयर आम्दानि कति ?



काठमाडौं । सारथि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा उल्लेखय बढेको छ । कम्पनिको नाफा २ सय १८ प्रतिशतले बढेको हो । कम्पनीले चालू आवको चैत मसान्तसम्ममा ६ करोड ५५ लाख ३० हजार नाफा कमाएको छ । यो गएको वर्षको २१८ प्रतिशतले बढेको हो । गत आवको तेस्रो त्रैमासमा कम्पनिले २ करोड ५ लाख ४५ हजार खुद नाफा कमाएको थियो ।

त्यस्तै कम्पनीले ४७ करोड ८९ लाख ६८ हजार खराब कर्जा उठाएको छ । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद ब्याज आम्दानी पनि २३० प्रतिशतले बढेको छ ।

त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी ३७ दशमलव १२, मूल्य आम्दानी अनुापत ४४ दशमलव ९९ र प्रतिशेयर नेटवर्थ रू. १७१ दशमलव ८३ रहेको छ ।

कम्पनिको चुक्तापूँजी २३ करोड ५३ लाख ८६ हजार पुगेको छ । कम्पनीले जगेडामा रू. १६ करोड ९० लाख ७२ हजार रुपैयाँ छुट्याएको छ ।